मनसूनजन्य विपद्‌बाट साढे १२ अर्बको क्षति हुँदा पनि छैन किसान पुन:स्थापनाको योजना

कार्तिक १०, २०८१ |सुमन पन्थ
मनसूनजन्य विपद्‌बाट साढे १२ अर्बको क्षति हुँदा पनि छैन किसान पुन:स्थापनाको योजना

काठमाडौं । मनसूजन्य विपद्का कारण यो वर्ष कृषि क्षेत्रमा मात्रै १२ अर्ब २६ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक आँकलन सरकारले गर्‍यो । क्षतिको विवरण संकलन अझै जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । तर, किसानले अर्बौंको क्षति बेहोर्दा पनि सरकारले पुन:स्थापनाको खाका अझै ल्याउन सकेको छैन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको मनसुनजन्य विपद्का कारण ५८ हजार ४ सय ७६ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । त्यसबाट साढे ३ अर्ब रुपैया बराबरको धानबाली नष्ट भयो । त्यस्तै ४ सय ५८ हेक्टरको माछापोखरी डुबानमा पर्दा १ अर्ब १३ करोड रुपैयाबराबरको क्षति भयो । त्यस्तै २६ हजारभन्दा बढी पशुपन्छी तथा चौपायाको नोक्सानीमा ५ अर्ब ८० करोडको नोक्सानी भयो । १ अर्ब १३ करोडबराबरको उखुबाली र ७० करोडको अलैंचीमा नोक्सानी भएको छ । साना तथा सिमान्तकृत किसान बाढीबाट नराम्ररी प्रभावित भए पनि सरकारले अहिलेसम्म कुनै राहतको कार्यक्रम किसानसम्म पुर्‍याएको छैन ।

कृषि संरक्षित व्यवसाय भए पनि नेपाली किसानले अनुभूति गर्न पाएका छैन । बाढी, पहिरो र डुबानको सामना गरेको एक महिना वित्दा पनि तीनै तहमा सरकार क्षतिको विवरण संकलन सकेको छैन । यता विज्ञहरुले अहिले‍ पनि ९० प्रतिशतभन्दा बढी किसान विमाको पहुाचमा नहुादा समस्यामा परेको बताउाछन् । किसानका लागि अल्पकालीन र दीर्घकालीन पुन:स्थापनाका कार्यक्रम सञ्चालन गर्न उनीहरुले सुझाएका छन् ।

तीनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राख्ने घोषणा गरेका छन् । तर किसान पुनस्र्थापनाका कार्यक्रममा कुनै पनि सरकारले अग्रसरता देखाएका छैनन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ल्याउने योजनाबाट जाने वा आफैंले अग्रसरता लिने भन्नेमै संघीय सरकार अन्योलमा छ ।

यसै पनि सामान्य अवस्थामा समेत बर्सेनी अरबौंको क्षति व्यहोर्ने किसनाले जलवायु परिवर्तनको असर समेत सामना गरिरहेका छन् । यस्तोमा तत्काल किसानको पूनस्र्थापनामा लाग्नुपर्ने सरकार तथ्यांक संकलनमै अलमलिंदा किसानले कसको आश गर्ने ?


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।