
काठमाडौं । नटराजन साह काठमान्डु गोर्खाजको 'आइकोनिक खेलाडी' बनेका छन् ।
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेटका लागि बुधबार गरेको 'ट्यालेन्ट हन्ट' बाट देब्रेहाते फास्ट बलर नटराजन उत्कृष्ट बन्दै 'आइकोनिक खेलाडी' बनेका हुन् । मूलपानीस्थित वान डे क्रिकेट एकेडेमीमा भएको 'ट्यालेन्ट हन्ट' मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशल देखाएका थिए ।
काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको टोलीले दोस्रो चरणमा ६० जना खेलाडी छनोट गरेको थियो । विगतमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गरेका युवा खेलाडी नटराजन त्यसबाट उत्कृष्ट खेलाडी बनेका थिए ।
दोस्रो चरणमा ६० खेलाडीबाट काठमान्डु गोर्खाजले नटराजनसहित कुल १७ खेलाडी छनोट गरेको थियो । आइकोनिक बाहेक अन्य ५ खेलाडीलाई गोर्खाजको डेभलपमेन्ट टोलीमा राखिएको छ ।