
काठमाडौं । संकटा क्लब झापाको दूधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न क्वार्टरफाइनलमा आयोजक झापा एफसीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै संकटा क्लबले अन्तिम चारमा प्रवेश गरेको हो ।पहिलो हाफमा २ गोल गरेको संकटाले दोस्रो हाफमा आक्रामक फुटबल खेल्दै थप ५ गोल गर्यो । प्रतियोगितामा भोलि त्रिभुवन आर्मी क्लब र आर.एस. पोखरा फुटबल क्लब प्रतिस्पर्धा गर्ने छन् ।
८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रूपैयाँ हात पार्ने छन् ।