सरकारद्वारा स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारद्वारा स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान

काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो । स्टार्टअप उद्यम कर्जा लिन चाहने उद्यमीले कार्यविधिको दफा ४ अनुसार योग्यता पुरा गरेको हुनुपर्ने जनाएको छ । 

आवेदकहरू सम्बन्धित क्षेत्रहरूमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका हुनुपर्ने व्यवस्था गरिएको छ । इच्छुक उद्यमीहरूले २१ दिनभित्र परियोजना प्रस्ताव पेस गरिसक्नुपर्ने जनाइएको छ । परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

उद्योगमन्त्री अनिलकुमार सिन्हाले ल्याएको कार्ययोजनामा माघ महिनाभित्र स्टार्टअप कर्जाको लागि प्रारम्भिक छनोट गरिसक्ने तय गरिएको थियो । त्यही अनुसार प्रतिष्ठानले आवेदन मागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.