डेडिकेटेड ट्रंकलाइन विवादमा सरकारले उद्योगीहरूको प्रस्तावमा सहमति जनायो : चन्द्र ढकाल

कार्तिक १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
डेडिकेटेड ट्रंकलाइन विवादमा सरकारले उद्योगीहरूको प्रस्तावमा सहमति जनायो : चन्द्र ढकाल

काठमाडौं । सरकारले डेडिकेटेड ट्रंकलाइन विवाद समाधान गर्ने व्यवसायीहरूको प्रस्तावमा सहमती जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, सम्बन्धित मन्त्रीहरूसँगको भेटमा आफूले राखेको मध्यमार्गी प्रस्तावमा सहमती भएको दाबी गर्नुभएको हो । करिब साँढे २ घण्टा लगाएर गरिएको छलफलमा सहमती जुटेको उहाँको भनाइ थियो । अध्यक्ष ढकालकाअनुसार उद्योगीहरूको सहमतीमा २८ किस्तामा पहिलो किस्तालाई धरौटीको रूपमा मान्ने सहमती गरिएको छ ।

उहाँले भन्नुभयो, ‘हिजो जुन डिसिजन भयो । हाम्रो जुन एजेन्डा थियो, त्यो एजेन्डामा सबै जनालाई ल्याउन गाह्रै पनि भयो । त्यही भएर दुई, साँढे २ घन्टा मिटिङ लम्बिएको पनि थियो । तथापि हामीहरूकै एजेन्डाअनुसार डिसिजन भएर जुन सहमती भयो । त्यसका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यु, माननीय उद्योगमन्त्रीज्यू, माननीय ऊर्जामन्त्रीज्यु, मुख्यसचिवज्युलगायत सबै नेपाल सरकारको विशिष्ट पदाधिकारीहरू र नेपाल सरकारलाई म धेरै-धेरै धन्यवाद पनि दिन चाहन्छु । र, हाम्रा व्यवसायी साथीहरूले मलाई विश्वास गरेर तपाई जानुस् भनेर मलाई भन्नुभयो । मलाई मात्रै बोलाएकाले मैले अरू साथीहरूलाई लैजान पाइन । निजी क्षेत्रको तर्फबाट म मात्रै थिए । यसलाई जुन हिसाबले अण्डस्टयान्डिङ बनेको छ । त्यही अनुसार काम गर्नु होला । अलिकति डिस्कशन पनि भयो ।’

नेपाल विद्युत प्राधिकरणले दिएको २८ किस्ताको सुविधालाई स्वीकार गरी एक किस्ता बराबरको रकमलाई धरौटीको रूपमा उद्योगीहरूले बुझाएपछि काटिएको विद्युतको लाइन जोड्ने प्रस्तावमा सरकार सहमती भएसँगै यो विवाद समाधान हुने अवस्थामा पुगेको महासंघले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.