बजार अनुगमनको विरोधमा उत्रिए सप्तरीका व्यवसायीहरु

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बजार अनुगमनको विरोधमा उत्रिए सप्तरीका व्यवसायीहरु

सप्तरी । सप्तरीका व्यवसायीहरुले बजार अनुगमनको विरोध गरेका छन् ।

भारतबाट भित्रिने सामान खरिद तथा तस्करी नरोकेर अनुगमनका नाममा आफूहरुलाई दु:ख दिएको आरोप लगाउँदै स्थानीय व्यापारीहरुले आज विरोध प्रदर्शन गरेका हुन् ।

व्यापारीहरुले नाकामा हुने तस्करीमा प्रहरीहरुको मिलेमतो भईरहेको दाबी गरेका छन् । आज भएको बजार अनुगमनमा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालु अग्रवालको सहभागीता रहेपनि संघका महासचिव अमृत संचेती भने विरोधमा रहनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement