राजबिराजमा खुकुरी चुरोटमा लगाइएको राजश्वको स्टिकर नक्कली भेटियो

आश्विन २३, २०८१ |आरएन विश्वास
राजबिराजमा खुकुरी चुरोटमा लगाइएको राजश्वको स्टिकर नक्कली भेटियो

सप्तरी । जिल्ला सदरमुकाम राजविराजमा बिक्री भइरहेको खुकुरी चुरोटको बट्टामा लगाइएको आन्तरिक राजश्व कार्यालयको स्टिकर नक्कली पाइएको छ ।

आन्तरिक राजश्व कार्यालय मातहतका करदाता सेवा कार्यालय सप्तरीले गोपालल्यान्ड बजरंग ट्रेडर्सबाट नक्कलीसहित शंका लागेका तीन कार्टुन खुकुरी चुरोट आज बरामद गरेको हो । 

नेपाल-भारत तस्करी गर्ने गिरोहबाट खरिद गरिएको उक्त चुरोटमा लगाएको स्टिकर नक्कली फेला परेपछि करछली गर्ने क्रम बढिरहेको देखिएको छ । 

उता, राजविराजका केही व्यापारीहरुले भने सम्बन्धित निकायले भारतबाट हुने तस्करी रोक्न नसक्ने र आफूहरुले खरिद गरेकोमा कारबाही थालेको भन्दै विरोधसमेत गरेका छन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement