झिनो अंकले बढ्यो नेप्से परिसूचक

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ ।

०.१८ प्रतिशतले बढ्दा नेप्से २ हजार ६ सय ६८.१७ विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा आज कारोबार रकम भने घटेको छ । आज ३ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएकामध्ये १३० कम्पनीको सेयरमूल्य बढ्दा १०२ वटाको घट्यो । बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, लगानी, जीवन बिमा र व्यापार बाहेक सबैको परिसूचक बढेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement