पोखरामा रङ्गरोगनको व्यापार दशैँमा पनि घट्‍यो

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा रङ्गरोगनको व्यापार दशैँमा पनि घट्‍यो

पोखरा । दशैँका बेलामा पनि पोखरामा रङ्गरोगनको व्यापार घटेको छ । विशेष गरि दशैंका बेला घर रंग्याउने भएकाले व्यापार बढ्ने अपेक्षा गरिए पनि यस वर्ष घटेको हो ।

विगतभन्दा यस वर्ष ६० प्रतिशतले व्यापार घटेको व्यवसायी बताउँछन् । आर्थिक मन्दी, मौसम प्रतिकूलका कारण रङको व्यापार घटेको व्यवसायीको आँकलन छ । दशैंमा सोचेजस्तो व्यापार गर्न नसकेका व्यवसायीहरुले अनुकूल हुँदै गए तिहार सम्ममा रङको व्यापार बढ्ने अपेक्षा राखेका छन् ।

नेपालमा उपलब्ध हुने, घर बाहिर तथा भित्र लगाइने प्रिमियम, इकोनोमिक, रेगुलर गरी विभिन्न प्रकारका रङ र भित्ता रङ लगाउनुअघि लगाइने वालपुट्टी, प्राइमर, इमल्सन, डिस्टेम्पर पनि पोखरामा पाइन्छ । पोखरामा रङ बिक्री गर्ने करिब तीन सय वटा पसल छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement