व्यवसायी भन्छन्- दशैं भित्रिइसक्यो, व्यापार छैन

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
व्यवसायी भन्छन्- दशैं भित्रिइसक्यो, व्यापार छैन

काठमाडौं । दशैं भित्रिइसके पनि काठमाडौं उपत्यकाका मुख्य बजारमा विगतको तुलनामा चहलपहल र व्यापार निकै कम भएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

काठमाडौंमा दशैंको किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीको अनुभव छ । दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकको चहलपहल धेरै छैन । आर्थिक मन्दी र यसै साताको बाढी पहिरोले पनि व्यापारमा असर परेको हुनसक्ने व्यवसायी रमेश अधिकारीको भनाइ छ ।

बजारमा दशैँको रौनक नभएको र विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएको व्यवसायीको अनुभव छ ।

बाढी पहिरोको कारण काठमाडौं उपत्यकाबाट देशभर जाने सडक मार्गहरु बन्द भएकाले होलसेल व्यवसायीलाई पनि थप मार परेको छ ।

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.