नेप्से परिसूचकमा ५९ अंकको गिरावट

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेप्से परिसूचकमा ५९ अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५९ अंकले घटेको छ ।

सेयर बजारमा सबै परिसूचक घट्दा नेप्से २५ सय २९ दशमलव ३३ अंकमा झरेको हो । १४ कम्पनीको सेयर बढ्दा आज २२९ कम्पनीको घट्यो ।

पाँच अर्ब ६६ करोडको कारोबार हुँदा सबैभन्दा धेरै फाइनान्स समूह घट्यो । बैंकिङ, होटल तथा पर्यटन, हाइड्रो, माइक्रोफाइनान्स र निर्जीवन बीमाका लगानीकर्ताले पनि आज गुमाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement