उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार छ : उद्योगमन्त्री भण्डारी

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार छ : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्न तयार रहेको बताउनुभयो । उहाँले आर्थिक समृद्धिका लागि सफल हुनुपर्ने भन्दै राज्यलाई कमजोर देख्नेहरुबाट विकास सम्भव नरहेको बताउनुभयो । निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको पनि मन्त्री भण्डारीको भनाइ छ ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले इमान्दार हिसाबले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताउनुभयो ।

अध्यक्ष ढकालले अहिले रेमिट्यान्स भित्रिने क्रम र विदेशी मुद्रा सञ्चितिसमेत बढेकाले बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement