चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सुरु

काठमाडौं उपत्यकामा अनलाइन अर्डर र होम डेलिभरी सुविधा
खाद्य कम्पनीले १५ सय खसीबोका र ३ सय च्याङ्गा खरिद गर्ने
आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सुरु

काठमाडौं । सरकारले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ । ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायका बिक्री कक्षहरु सञ्चालनमा रहेका छन् । उपत्यकाका सुपथ मूल्य पसलमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ । सरकारले सुपथ मूल्य पसलमार्फत यस वर्ष ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ ।

यसअनुसार विभिन्न खाद्यान्न बिक्री गरिनेछ भने उपभोक्ताले सुपथ मूल्य पसलबाट खरिद गर्दा छुट पाउनेछन् । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल, विभिन्न प्रकारका दालमा प्रतिकेजी ५ रुपैयाँ छुट पाइनेछ ।

त्यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी/प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ। यसैगरी कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्यांग्रा, डीडीसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ। कम्पनीले आवश्यकताअनुसार खाद्यान्न परिचालन गर्न ठेक्काको व्यवस्था समेत गरिसकेको जनाएको छ।

यसैबीच सुपथ मूल्य पसलका लागि दसैँलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष १५ सय वटा खसीबोका र ३ सय च्यांग्रा खरिद गर्ने लक्ष्य राखेको छ। मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यकाआसपास क्षेत्रहरुबाट यी खरिद गरिने कम्पनीले जनाएको छ ।

खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथली काठमाडौं परिसरबाट घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बिक्री गरिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement