आईएमएस सफ्टवेयर र सेल्सबेरीबीच एक सम्झौता, व्यवसायमा नयाँ आयाम थपिने विश्वास

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईएमएस सफ्टवेयर र सेल्सबेरीबीच एक सम्झौता, व्यवसायमा नयाँ आयाम थपिने विश्वास

काठमाडौं । सेल्सबेरी र आईएमएस सफ्टवेयर प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारीलाई नेपालको रिटेल व्यवस्थापन क्षेत्रलाई अझ मजबुत बनाउने दिशामा दुवैकम्पनीहरूको लागि महत्वपूर्ण कदमको रुपमा लिइएको छ।

समझदारीमा सेल्सबेरीका अध्यक्ष सुशिल प्रधानाङ्ग र आईएमएस सफ्टवेयर प्रा.लिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गर्नुभएको हो ।

सेल्सबेरी नेपालको सबैभन्दा ठूलो रिटेल चेनहरूमध्येको एक डिपार्टमेन्टल स्टोर हो भने आईएमएस सफ्टवेयर लीडिङ आईटी सोलुशन प्रदायक कम्पनी हो । सेलवेज क्यास एण्ड क्यारी प्रा. लि. लेसेलवेज ब्रान्ड अन्तर्गत १० वटा र सेल्सबेरी ब्रान्ड अन्तर्गत २८ वटा गरी कुल ३८ वटा स्टोरहरूसञ्चालन गरिरहेको छ।

सन् २००० सालमा स्थापना भएको आईएमएस सफ्टवेयर प्रा. लि लेस-साना, ठुला र सबैप्रकारका व्यवसायहरूको आवश्यकता अनुरुप आईटी सोलुशन विकास गर्दैआएको दुई दशकभन्दा बढीको अनुभव भएको कम्पनी हो । यसका आईटी सोलुशनले डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरू लगायत विभिन्न उद्योगहरूलाई समेट्छ । 

नेपाल, भारत, मलेशिया, युएई, बेलायत र जापान गरी २० हजार भन्दा बढी ग्राहकहरूको साथ, आईएमएस सफ्टवेयर आफ्नो सफ्टवेयर सोलुशन मार्फत अदभुत सेवा प्रदान गर्नेकम्पनीको रूपमा स्थापित भएको छ।

यस समझौतापत्रले सेल्सबेरीको सञ्चालनमा नयाँ आयाम थपेको बताइएको छ। आईएमएस सफ्टवेयर, सेल्सबेरीको पहिलो सेवा प्रदायक कम्पनी रहेकोमा पुन जोडिएको हो। आईएमएस सफ्टवेयर मार्फत विशेष गरी सामान व्यवस्थापन, कुइक बिलिङ, लोयल्टी स्किमका सुविधा र लेखा प्रक्रियाहरूलाई प्रभावकारी रुपमा लेखाजोखा गर्ने सुविधाहरु प्रदान गर्दछ ।

यसैगरी, सेल्सबेरीको ब्रान्ड पहिचानले आईएमएस सफ्टवेयरको लागि राम्रो अवसरको रूपमा काम गर्ने विश्वास लिइएको छ । यस सहकार्यले आईएमएस सफ्टवेयर मार्फत रिटेल उद्योगभित्र व्यापक ग्राहकहरूलाई आफ्नो समाधानहरूको प्रभावकारि भूमिका प्रदान गर्ने अवसर मिल्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement