आपूर्ति क्षमता बढाउन सिन्धुपाल्चोकका कफी किसानलाई दुई दिने तालिम

भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आपूर्ति क्षमता बढाउन सिन्धुपाल्चोकका कफी किसानलाई दुई दिने तालिम

सिन्धुपाल्चोक । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यले सिन्धुपाल्चोकमा दुई दिने तालिम दिइएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया तथा कफि विकास कार्यालय नुवाकोटले सिन्धुपाल्चोकका ३३ जना किसानलाई प्राङगारिक कफी चक्र प्रविधिसम्बन्धी तालिम दिएको छ ।

किसानलाई कफीको बिरुवा रोप्नेदेखि कफी खानेसम्मको विधिबारे जानकारी दिइएको हो । किसानलाई कफीको नर्सरी उत्पादन गर्ने, बीउ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, काँटछाँट गर्ने, बढी फल फलाउने, टिप्ने, बोक्रा छोडाउने, सुकाउने, पिस्नेदेखि बजार व्यवस्थापनबारे तालिम दिइएको छ ।

किसानले आफै लगाएका कफीको बोटले राम्रो फल दिइरहेको र गुणस्तर पनि राम्रो पाइएकाले सिन्धुपाल्चोकमा कफीबाट आम्दानी राम्रो हुने सम्भावना रहेको प्रशिक्षक कफि बोर्डका कृषि प्रविधिक एकराज फुँयलले बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement