मायामी र एटलान्टा युनाइटेडको २-२ गोलको बराबरी

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मायामी र एटलान्टा युनाइटेडको २-२ गोलको बराबरी

काठमाडौं । अमेरिकी केजर लिग सकर एमएलएसमा लिग लिडर इन्टर मायामी बराबारीमा रोकिएको छ । मर्सिडिज बेन्ज स्टेडियममा मायामी एटलान्टा युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा स्टार खेलाडी लियोनल मेसी वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

मयामीका लागि डेभिड रुइजले २९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा एटलान्टाका साबा लोब्जहानिडजले बराबरी गोल फर्काए । त्यसको तिन मिनेट पछि लियोनार्दो काम्पानाले गोल गरेपछि मायामीले पुन खेलमा अग्रता बनाउन सफल भयो ।

लगभग ६८ हजार दर्शक माझ प्रशिक्षक गेरार्डो मार्टिनोले आफ्ना स्टार खेलाडी मेसीलाई मैदान प्रवेश गराए ।

तर ८४ औं मिनेटमा अलेक्सेई मिरान्चुकले गोल फर्काएपछि घरेलु टोली एटलान्टा, मायामीलाई बराबरीमा रोक्न सफल भयो । यस बराबरीसँगै इस्टर्न कन्फ्रेन्समा रहेको मायामीले २९ खेलमा ६३ अंक जोडेको छ । ऊ लिगको शीर्ष स्थानमा छ । एटलान्टाले समान खेलमा ३२ अंक जोडेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement