चाडपर्व नजिकिएसँगै झापाका किसानले काट्न थाले केरा

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
चाडपर्व नजिकिएसँगै झापाका किसानले काट्न थाले केरा

झापा । चाडपर्व नजिकिएसँगै झापाका किसानले राम्रो भाउ पाउने आशामा केरा काट्न शुरु गरेका छन् । झापामा उत्पादित केरा राजधानी काठमाडौंसँगै जनकपुर, विराटनगर, धरानलगायतका शहरमा खपत हुने गर्छ ।

कन्काई क्षेत्रका किसानले धमाधम केरा काटेर बजारमा पठाउन थालेका हुन् । प्रति विघा कम्तीमा १२ सय घरी केरा उत्पादन हुन्छ । घरीको ६ सय रुपैयाँको दरले विघामा सातलाख रुपैयाँ आम्दानी हुने किसान बताउँछन् ।

भारतबाट सस्तोमा आयात हुने केराका कारण नेपाली उत्पादनलाई प्रतिस्पर्धा गर्न भने कठिन छ । तर विषादीको मात्रा बढी हुने आशंकामा उपभोक्ताले केही मह‌ंगो भए पनि स्थानीय उत्पादन रोज्ने हुनाले माग बढेको व्यापारी बताउँछन् ।

झापामा १९ सय हेक्टरमा केराखेती हुने गर्दछ । जसबाट वार्षिक ३८ हजार ४ सय मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement