११औं पटक म्याद थपिँदा पनि पुष्प तथा फलफूल थोक बजार बनेन, दशैंअघि काम सक्न कृषिमन्त्रीको निर्देशन

भाद्र २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
११औं पटक म्याद थपिँदा पनि पुष्प तथा फलफूल थोक बजार बनेन, दशैंअघि काम सक्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । ११औं पटक थपिएको म्यादसमेत गुज्रिने अवस्था आएपछि कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चोभारको पुष्प तथा फलफूलको थोक बजारको निर्माण दशैँसम्म पूरा गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौंको चोभारस्थित निर्माणाधीन पुष्प तथा फलफूलको थोक बजारको निरीक्षण गर्न पुग्नुभएका मन्त्री अधिकारीले बजार निर्माण कम्पनीलाई निर्माण सक्न बाँकी काम तत्काल पूरा गर्न निर्देशन दिनुभयो ।

मन्त्री अधिकारीले तोकिएको समय सीमाभित्र निर्माण कम्पनीले निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने बताउनु भयो । उहाँले सम्झौता अनुसार काम नसकिए कानुन अनुसार कारबाही हुने समेत बताउनु भयो । 

मन्त्री अधिकारीले विगतमा के भयो भन्दा पनि अब दशैंभन्दा अघि भवन सरकारलाई हस्तान्तरण हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयको तर्फबाट हेर्छौं । चाँडोभन्दा चाँडो भवन हस्तान्तरण हुनुपर्छ । अब ढिला हुँदैन भन्ने विश्वासमा जाऔं । विगतमा के भयो नगरौं ।'

चोभारमा पुष्प तथा फलफूलको थोक बजार बनाउन २०७३ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी करिब ३५ करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । तर, भवनको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन । अहिलेसम्म ११औं पटक थपिएको म्याद सकिन केही दिन मात्र बाँकी छ । तर, भवनको काम निर्माण सम्पन्न गर्न अझै १३ प्रतिशत बाँकी छ । समयमा काम पूरा नहुँदा त्यसको लागत बढेर ४० करोडभन्दा बढी पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement