काठमाडौं । नौ महिनादेखि किसानलाई दुधको रकम भुक्तानी गर्न नसकेको नेपाल दुग्ध विकास संस्थानले आफ्नो उत्पादनको मूल्य घटाएको छ ।
संस्थानले दुधको प्रति लिटर दुई रुपैयाँ र दहीको १० रुपैयाँ मूल्य घटाएको छ ।
त्यसैगरी पनिर आधा किलोमा २० रुपैयाँ, रसबरी र लालमोहन बट्टामा २० रुपैयाँ, आइसक्रिम आधा लिटरको ३५ रुपैयाँ, फ्रेस मिल्क दुई सय मिलि लिटरको १० रुपैयाँ, खुवा किलोको ४० रुपैयाँ, चिज आधा किलोमा ५० रुपैयाँ, खुला मखन किलोमा ६५ रुपैयाँ र घ्यु किलोमा एक सय २० रूपैयाँ घटाएको छ ।
प्रतिस्पर्धी बजारमा आफ्नो उत्पादन महङ्गो हुँदा संस्थानले बजार गुमाउँदा भुक्तानीमा समस्या हुँदै आएको छ । साउन लागेपछि चाडपर्वको मौसम सुरु भएसगै माग बढेर छ हजार लिटरसम्म पुगेको छ । तर आयोजनाले दैनिक १२ हजार लिटर दुध सङ्कलन गर्दै आएको छ ।