काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी दिनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री भण्डारीले मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी दिनुभएको हो ।
उहाँले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ कर्मचारीहरुलाई सचेत गराउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरुले १५ वटा काम सम्पन्न गरिसक्ने बताएको जानकारी दिनुभयो ।