काठमाडौं । सेयर बजारमा ५ अंकको करेक्सन आएको छ । हिजो (बुधबार) ६४ अंकले बढेको बजारमा साताको अन्तिम कारोबार दिन आज ५.२९ अंकले घटेर बजार २,७५५.६२ विन्दुमा रोकिएको छ ।
आज बजार २८०५.५७ विन्दुसम्म पुगे पनि कारोबार बन्द हुँदा घटेर २,७५५.६२ विन्दुमा सीमित भयो । अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको छ । हिजो २१ अर्ब ९१ करोडको कारोबार भएकामा आज २१ अर्ब ७१ करोडको कारोबार भएको हो ।
यस्तै सेन्सेटिभ इन्डेक्स ३.२९ अंकले घटेर ४९२.७५ विन्दुमा रोकिएको छ । आज कुल पाँच करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर किनबेच भए । जसअनुसार २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार सात रुपैयाँको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको सेयर मूल्य घटेको छ भने ६ उपसमूहको बढेको छ ।
आज कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
आज एचआईडीसीएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटेल र कुथेली बुखारी स्मल हाइड्रोपावरका सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक गरेका छन् ।
यस्तै पिपल्स हाइड्रोपावर ९.१३, प्रभु बैंकको ऋणपत्र ८.६५, रसुवागढी हाइड्रोपावर ७.०९, अप्पर सोलु हाइड्रोपावर ६.७० र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले ६.५५ प्रतिशतले गुमाएका छन् ।