३५ अकंले बढेको नेप्से २६९६ विन्दुमा रोकियो, कारोबार रकम १७ अर्ब नाघ्यो

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
३५ अकंले बढेको नेप्से २६९६ विन्दुमा रोकियो, कारोबार रकम १७ अर्ब नाघ्यो

काठमाडौं । नेप्से परिसूचक मंगलबार ३५.५५ अकंले बढेको छ । १.३३ प्रतिशतले बढेको सेयर बजार २६९६.६५ विन्दुमा रोकिएको हो । आज (मंगलबार) नेप्सेलाई होटेल र पर्यटन, जलविद्युत्, फाइनान्स तथा विकास बैंक समूहले टेवा दिएसँगै सूचक ३५.५५ अंकले बढ्यो ।

मंगलबार चार करोड तीन लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच भए । जसमा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भयो । सबैभन्दा बढी होटेल तथा पर्यटन उपसमूह ३९८.१७ अकंले बढ्यो । फाइनान्स १८३.३०, विकास बैंक १२४.०५ र हाइड्रोपावर १००.०६ अंकले बढ्यो । बैंकिङ, म्युचअल फन्ड, निर्जीवन बिमा र व्यापार उपसमूह घट्यो ।

आज १८९ कम्पनीको सेयर मूल्य बढ्दा ४७ कम्पनीको घट्यो । सेयर मूल्य घट्नेमा वाणिज्य बैंक, सामूहिक लगानी कोष, निर्जीवन बिमा र व्यापार समूह रहे । यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

प्रोग्रेसिभ फाइनान्स लिमिटेड, वरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

एसियन हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले घट्यो । यसबाहेक लगानीकर्ताले ६.११ प्रतिशतसम्मको अधिकतम नोक्सानी बेहोरे ।

कारोबार र रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटेल अघि रह्यो । जसमा हिमालयन रिइन्स्योरेन्सको ६० करोड १० लाख रुपैयाँको सेयर किनबेच भयो । शिवम् सिमेन्टको ३७ करोड ६७ लाख र सोल्टी होटेलको ३६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भए । यस्तै नेपाल फाइनान्सको ३५ करोड ३८ लाख र चिलिमे हाइड्रोको २७ करोड ७६ लाखको सेयर किनबेच भए ।

यसअघि बजारमा अस्ति (आइतबार) करिब १६ अर्ब र हिजो (सोमबार) साढे १९ अर्बको कारोबार भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.