कृषिमन्त्री अधिकारीको आग्रह : अन्नबालीमा विषादीको प्रयोग नगरौँ

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कृषिमन्त्री अधिकारीको आग्रह : अन्नबालीमा विषादीको प्रयोग नगरौँ

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गर्नुभएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो आग्रह गर्नुभएको हो ।

सम्भव भएसम्म विषादी प्रयोगमा न्यूनीकरण गर्न उहाँले आग्रह गर्नुभयो । विषादीको प्रयोग कम गरे रोगहरू घट्ने र सबैलाई फाइदा हुने बताउँदै उहाँले मन्त्रालयले गर्न सक्ने सहयोग गर्न आफू प्रतिबद्ध रहेको पनि आश्वासन दिनुभयो ।

मन्त्री अधिकारीले रैथाने बालीको बेवास्ता गरिएको भन्दै आपत्ति पनि जनाउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ । विकासे बालीलाई किराहरू लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन । मल प्रयोग नगरी सुख छैन । वस्तुको मलले फल्दैन । अवस्था अत्यन्त गम्भीर छ । विषादी सम्भव भएसम्म न्यूनीकरण गरौँ । विषादी प्रयोग नगरौँ ।’

कालीमाटी फलफूल तथा तरकारी विकास समितिले सिङ्गो उपत्यका ओगट्ने स्थिति सिर्जना गरी कमजोरी हटाउँदै जानुपर्ने उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.