काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार ७५.३३ अंकले बढेको छ । योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५६३.४३ विन्दुमा पुगेको हो ।
नेप्से २९ महिनाकै उच्च विन्दुमा पुगेको हो । आज (मंगलबार) ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ ७६ पैसाको कारोबार भएको छ ।
मंगलबार २२० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको भने घटेको छ । यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
मंगलबार बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मान्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, नेपाल वेयरिङ हाउस कम्पनी लिमिटेडको सेयरमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७९२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ५८८ रुपैयाँ छ । यस्तै गणपति लघुवित्त वित्तीय संस्थाको ५.८३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसअघि निरन्तर घटेको बजारमा आमलगानीकर्ताले बजार पुँजीकरणका आधारमा खर्बौं रुपैयाँ गुमाए । कम्पनीहरुका भाउ निकै तल्लो विन्दुमा झर्यो । भाउ सस्तो भएकाले पनि लगानीकर्ता उत्साहित भएको हुन् । पछिल्लो समय आम लगानीकर्ता उत्साहित हुँदा बजारले माथिल्ला विन्दुहरु तय गर्दै गएको हो ।