पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत्
असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको जनाएको छ ।

निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.