क्लब विश्वकप : म्यानचेस्टर सिटीको विजयी सुरुवात

असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
क्लब विश्वकप : म्यानचेस्टर सिटीको विजयी सुरुवात

काठमाडौं । म्यानचेस्टर सिटीले भने क्लब विश्वकपमा विजयी सुरुवात गरेको छ । इङलिस प्रिमियर लिग क्लब सिटीले मरक्कन साइड विडाड कासा ब्लान्कालाई दुई-शून्य गोलले पराजित गरेको हो ।

सिटी, क्लब विश्वकपको साविक विजेता पनि हो । पेप ग्वार्डिवालाको टिम अन्तिम समयमा भने दश खेलाडीमा समेटिएको थियो । तर त्यसको फाइदा विपक्षीले उठाउन सकेन । पेन्सलभेनियास्थित लिङकन फाइनान्सियल फिल्डमा ३७ हजार समर्थकबीच सिटीले खेल सुरु भएको दोस्रो मिनेटमा नै डेड लक तोड्यो । फिल फोडनले टिमका लागि पहिलो गोल गरेका हुन् । 

४२ औं मिनेटमा जेरेमी डोकुले गोल गरेपछि पहिलो हाफमा नै सिटी दुई-शून्यले अघि रह्यो । प्रशिक्षक ग्वार्डिवालाले आफ्ना केही मुख्य खेलाडीलाई आराम दिएका थिए । जसमा अर्लिङ हालान्ड, रोद्रि, रुवेन डायस र बर्नान्डो सिल्भा , जन स्टोन्स लगायत समावेश थिए । बालुन दो विजेता रोद्रि दोस्रो हाफमा फोडनको स्थानमा मैदान प्रवेश गरेका थिए । 

गत सेप्टेम्बर यता उनको केवल यो दोस्रो खेल हो । हालान्डले पनि सब्सिच्युट खलाडीका रुपमा प्रवेश पाउँदा समर्थकले उनलाई स्ट्यान्डिङ ओभेसन दिएका थिए । ८८ औं मिनेटमा रिको लेविसले रातो कार्ड पाएपछि सिटी दश खेलाडीमा सीमित भएको थियो । समूह जी मा रहेको सिटीले तीन अंक जोडेको छ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.