महोत्तरीको मटिहानी नगरपालिकाले ल्यायो ४४ करोडको बजेट

मखना खेतीलाई व्यावसायीकरण गर्न प्रोत्साहन
असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
महोत्तरीको मटिहानी नगरपालिकाले ल्यायो ४४ करोडको बजेट

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले साढे ४४ करोड रूपैयाँको बजेट ल्याएको छ । नगप्रमुख हरिप्रसाद मण्डलले बुधबार नगरपालिकाको १५औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ५० लाख रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

महोतरीका १५ स्थानीय तहमध्ये सबैभन्दा पहिले बजेट ल्याएको मटिहानी नगरपालिकाकाले वडा समितिहरूको प्रशासनिक तथा साधारण खर्च ३ लाखको दरले २७ लाख विनियोजन गरेको छ। 

वडास्तरबाट छनोट भई आउने योजना सञ्चालनका लागि ६ करोड ३० लाख रूपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनालाई अगामी आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गर्न सोहीअनुसार बजेट विनियोजन गरिएको हो ।

बजेटमा नगरपालिकाको अगामी आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रमले स्थान पाएको छ । नाति, तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा स्वास्थ्यजस्ता क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । बजेट आउँदा नीति कार्यक्रम कार्यान्वयन हुने गरी रकम विनियोजन गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.