सिद्धार्थ इन्टरनेशनल कलेज बुटवलमा ‘मेड इन नेपाल’ कार्यक्रम सम्पन्न

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिद्धार्थ इन्टरनेशनल कलेज बुटवलमा ‘मेड इन नेपाल’ कार्यक्रम सम्पन्न

काठमाडौं । विगत १६ वर्षदेखि बुटवल उपमहानरपालिका-९ मा अवस्थित रहेर व्यवस्थापन विषयमा विशिष्टीकृत शिक्षा प्रदान गर्दै आएको पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त सिद्धार्थ इन्टरनेशनल कलेजले बुधबार मेड इन नेपाल कार्यक्रम सम्पन्न गरेको छ ।

‘नेपाली ह्ययाण्ड नेपाली ब्राण्ड्स’ व्यवसायिक मर्मलाई आत्मसात् गरी सम्पन्न उक्त कार्यक्रमको मुख्य उदेश्य नेपाली उद्यमशीलता, संस्कृति र उत्पादनहरूको प्रवर्द्धन गर्नु रहेको थियो । 

उक्त कार्येक्रममा ‘इन्स्पायर एक्स’ द्वारा 'बुटवल र यसको बाहिरका अवसरहरू'का विषयमा प्यानल छलफल कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा 'केपीआई' हेल्मेटका निर्देशक सुमन बश्याल तथा मणिग्राम विश्राम बाटिका प्रालिका निर्देशक प्रणन्दा दीक्षित प्यानलिस्टहरू थिए । 

उक्त सत्रको मोडरेटर ‘इन्स्पायर एक्स’ का संस्थापक विशाल श्रेष्ठ हनु हुन्थ्याे। त्यसैगरी कार्यक्रममा नेपाली युवा उद्यमीद्वारा उत्पादित वस्तु तथा सेवाका २१ वटा स्टलहरू राखिएकाे थियाे ।

संस्कृति प्रवर्द्धनका लागि विद्यार्थीद्वारा नृत्य प्रदर्शन, स्थानीय नेपाली ब्यान्डद्वारा विशुद्ध नेपाली गीत तथा संगीत प्रस्तुत गरिएको थियो । सिद्धार्थ इन्टरनेशनल कलेज व्यवस्थापन समिति र सिद्धार्थ इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी परिषद्‌को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कलेजका प्रचार्य राम प्रसाद खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कलेज व्यवस्थापन समितिका उपाध्यक्ष चिरन्जीवी जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल रहनुभएको थियो । 

कलेजको तर्फबाट सम्पूर्ण कार्यक्रमको संयोजन कलेजका प्राध्यापक सन्देश श्रेष्ठले गर्नु भएको थियो । कार्येक्रममा विद्यार्थी कल्याणकारी परिषद्का अध्यक्ष दिक्च्या पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.