टी-ट्वान्टी सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
टी-ट्वान्टी सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले, टी-ट्वान्टी सिरिजको आफ्नो तेस्रो खेलमा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपाल लगातार दोस्रो जीतको खोजीमा हुनेछ ।

ग्लास्गोमा हुने खेल नेपालको समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । यी दुई बीचको पहिलो खेल ऐतिहासिक बनेको थियो । नियमित समयको खेल टाइ भएपछि सुपर ओभरमा नतिजा आएको हो । नेपाल तीन सुपरमा पराजित भएको हो । उक्त खेलमा नेदरल्यान्ड्सले १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले पनि १ सय ५२ रन नै बनाएपछि भएको सुपर ओभर रोमान्चक बनेको हो । टी-ट्वान्टी र लिस्ट ए मा तीन सुपर ओभर भएको त्यो पहिलो पटक थियो ।

नेपालले आफ्नो अघिल्लो खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्यान्डलाई ९७ रनमा अल आउट गरेका थिए । लो स्कोरिङ म्याचमा नेपालले पनि संघर्ष गर्यो । एक बल बाँकी हुँदा ८ विकेटको क्षतिमा रन चेज गर्दै नेपाल विजयी भएको हो । आज पनि नेपाल सोही लयलाई निरन्तता दिन चाहन्छ । प्रशिक्षक स्टुअर्ट ल ले प्लेइङ इलाभेनमा केही परिवर्तन पनि गर्न सक्नेछन् । नेपालका लागि सुपर ओभरमा स्तब्ध भएको पीडामा मल्हम लगाउने अवसर पनि हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.