बाढीपहिरोले देशभर ६ स्थानमा सडक पूर्ण अवरुद्ध, ५ सडक एकतर्फी

असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरोले देशभर ६ स्थानमा सडक पूर्ण अवरुद्ध, ५ सडक एकतर्फी

काठमाडौं । वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा ११ स्थानमा सडक प्रभावित छन् । 

नेपाल प्रहरीले बिहीबार बिहान सवा ९ बजे फेसबुकमार्फत् दिएको जानकारीअनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटीमा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् । ६ वटा सडक पूर्णरुपमा अवरुद्ध हुँदा बाँकी ५ वटाचाहिँ एकतर्फी सञ्चालनमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.