बगैंचामा लटरम्म आँप, बजार मूल्य सस्तो [भिडियो रिपोर्ट]

असार ९, २०८१ |विकास आर्या
बगैंचामा लटरम्म आँप, बजार मूल्य सस्तो [भिडियो रिपोर्ट]

महोत्तरी । आँपको सिजन सुरु भएको छ । मधेश प्रदेशका महोत्तरी, सिरहा, सप्तरीलगायत जिल्लामा बगैंचामा यतिखेर आँप लटरम्म छन् । तर किसानलाई बजारीकरण र उचित मूल्यको चिन्ता छ ।

‘हामीलाई यहाँ ४० रुपैयाँ किलो बेच्नुपर्छ । यहीँको बजारमा ६० रुपैयाँ पर्छ । सहरमा एक सय रुपैयाँ पर्छ । बिचौलियाले हाम्रो मिहिनेत खाइदिन्छ । यही ठूलो समस्या हो,’ महोत्तरीका व्यापारी दिलीप गुप्ताको भनाइ छ ।

महोत्तरीकी व्यापारी रामसोनी देवी सागसब्जी बेच्ने बजार रहे पनि आँप बेच्नका लागि बजार नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘त्यसैले बाटोको छेउमै आँप बेच्न राखेकी छु ।’

फूल लागेदेखि ‘नई मधुवा’ लगायत विभिन्न किराको प्रकोपले आँपको उत्पादन घटेको छ । उत्पादन बढाउन सरकारले बिरुवा कीटनाशक औषधि भण्डारणका लागि चिस्यान केन्द्र र बजार व्यवस्थापनसम्मा सघाउन आवश्यक देखिन्छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement