दाङ । दाङको घोराही उपमहानगरपालिकाले एकल र अशक्त महिलालाई आयआर्जनमा सहयोग पुर्याउन निःशुल्करूपमा कुखुरा वितरण गरेको छ ।
नगर क्षेत्रका आर्थिकरूपमा अशक्त र एकल महिलालाई व्यवसायमा जोड्दै आयआर्जन बढाउने उद्देश्यले एक सय जना महिलालाई कुखुरा प्रदान गरिएको हो ।
घोराही उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाले प्रतिव्यक्ति १७ वटाका दरले ११ जना अशक्त र ८९ जना एकल महिलालाई एक हजार सात सयवटा कुखुरा वितरण गरेको छ ।
बाँकेको खजुराबाट उन्नत जातका न्यू ह्याम्पसायर र अस्ट्रोलोप जातका छ हप्ताका कुखुरा महिलाहरूलाई वितरण गरिएको हो । आर्थिक रूपमा कमजोर अशक्त र एकल महिला छनोट गरि चार लाख मूल्य बराबरका उन्नत जातका कुखुरा खरिद वितरण गरिएको छ ।