म्याग्दी । म्याग्दीका किसानले यस वर्ष सुन्तला बेचेर ३३ करोड ४६ लाख नगद भित्र्याएका छन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीले दिएको जानकारीअनुसार सुन्तला पकेट क्षेत्रका किसानले थोक मूल्यमा बिक्री गरेको औसत दरका आधारमा आम्दानी निकालिएको हो । यस वर्ष अनुकुल मौसम, रोग किराको प्रकोप नरहेकोले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले जानकारी दिनुभयो ।
गाउँगाउँमा सडक पुगेपछि किसानलाई सुन्तलाको बजार पहुँच सहज भएको छ । सुन्तलाको व्यावसायिक खेतीले किसानको जीवनस्तरसमेत सुधार हुँदैगएको छ ।
म्याग्दीमा ८ सय १० हेक्टरमा सुन्तला खेती हुन्छ । अन्नपूर्ण गाउँपालिकाको दाना, घार, दोवा, दोसल्ले, रहुगंगा गाउापालिकाको बेग, बान्दुक, भगवती, पिप्ले बेनी नगरपालिकाको काउलेगौंडा, पाल्लेखेत, भकिम्ली राखु, सुर्केमेला, बास्कुना, मरेक, मंगला गाउापालिकाको बरञ्जा, भोर्लेनी, अर्मन मालिका गाउापालिकाको फूलबारी, बिम, ताम्ला, देविस्थान, ओखरबोट र धवलागिरी गाउँपालिकाको ताकम सुन्तला पकेट क्षेत्र हुन् ।