‘मुलुकभित्रै रोजगारी सिर्जना गर्न मन्त्रालयबीच सहकार्यको छलफल भइरहेको छ’

जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
‘मुलुकभित्रै रोजगारी सिर्जना गर्न मन्त्रालयबीच सहकार्यको छलफल भइरहेको छ’

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकभित्रै रोजगारी सिर्जना र युवालाई प्रोत्साहन दिन मन्त्रालयहरुबीच सहकार्यका लागि छलफल भइरहेको बताउनुभएको छ ।

ललितपुरमा आजदेखि सुरु भएको ‘श्रमाधान रोजगार मेला’ मा मन्त्री श्रेष्ठले उद्यमी बन्न चाहनेका लागि मेलाले सहज प्रक्रियाको जानकारी दिने बताउनुभयो । श्रमाधान रोजगार मेलाले करिअर काउन्सिलको काम गर्ने उहाँको भनाइ छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रोजगारी सिर्जना गर्न र विदेश पलायन रोक्न कुराभन्दा काम गर्नुपर्नेमा जोडदिनुभयो ।

जेठ १७ गते देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला ललितपुरमा आज सुरु भएको हो । भोलिसम्म सञ्चालन हुने मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.