नयाँ व्यवसायका लागि धनकुटामा व्यापारिक भवन निर्माण गरिँदै

जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ व्यवसायका लागि धनकुटामा व्यापारिक भवन निर्माण गरिँदै

धनकुटा । सहरी विकास तथा भवन निर्माण आयोजनाले धनकुटा नगरपालिकामा नयाँ व्यवसाय सञ्चालन गर्न चाहने युवाका लागि व्यापारिक भवन निर्माणको काम अघि बढाएको छ ।

जग्गाको टुंगो नलाग्दा धनकुटा नगरपालिकामा ६० लाख रुपैयाँमा बन्ने भनिएको व्यापारिक भवन निर्माणको काम अघि बढ्न सकेको थिएन । अब भने स्रोत सुनिश्चित भएसँगै परियोजना अघि बढेको हो ।

त्यस्तै ढल व्यवस्थापनका लागि धनकुटा बजारको तल्लो कोप्चेमा सहरी विकास मन्त्रालयबाट प्राप्त ५० लाख रुपैयाँमा काम भइरहेको छ । चालु आर्थिक वर्षमा धनकुटामा सहरी विकास मन्त्रालयमार्फत पूर्वाधार विकासका २६ वटा आयोजनाको काम भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.