एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौं : मन्त्री अधिकारी

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
एकभन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने नीति बनाउँछौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एउटै उद्देश्य भएका एक भन्दाबढी सहकारीमा सदस्य बन्न नपाउने गरी सरकारले नीति बनाउने बताएका छन् । सोमवार ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

 '२०७७ सालसम्म एउटै व्यक्ति एउटै उद्देश्य भएका सहकारीमा बस्न नपाउने भनिएको थियो,' उनले भने, 'अहिले पनि तीन चारवटा सहकारीमा हुनुहुन्छ । यसलाई पनि नियन्त्रण र कारबाही गर्नेगरी कहीको पनि सदस्यता हुन नपाउने गरी जानुपर्छ । यो बारेमा पनि सरकारले नीति बनाएर अगाडि बढाउँछ ।'

मन्त्री अधिकारीले सहकारी भित्र देखिएका अहिलेका समस्या समाधान गर्नको लागि अहिलेसम्म भएका त्रुटीबारे खोजि गर्न जरुरी रहेको बताए । सहकारीहरु ऐन, नियम पूरा गरेर दर्ता गर्ने तर सहकारीको उद्देश्य अनुसार काम नगर्दा सहकारीमा समस्या आएको उनको भनाइ छ । गल्ति गर्नेलाई कारबाही गर्ने पनि उनको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.