लगानी सम्मेलनका लागि बोर्डले पठायो ८१३ पाहुनालाई निमन्त्रणा

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
लगानी सम्मेलनका लागि बोर्डले पठायो ८१३ पाहुनालाई निमन्त्रणा

काठमाडौं । लगानी बोर्डले आगामी वैशाख १६ र १७ गते गर्ने तेस्रो लगानी सम्मेलनका लागि ८१३ पाहुनालाई निमन्त्रणा पठाएको छ ।

विश्वकै चर्चित धनाढ्यहरु फेसबुकका मार्क जुकरबर्ग, एक्सका एलन मस्क, माइक्रोसफ्टका बिल गेट्स तथा अमेजनका जेफ बेजोसलाई समेत पत्र पठाइएको बोर्डले जनाएको छ । पत्र पठाइएकामध्ये अलिबाबा कम्पनीका ज्याक माले भने कार्यक्रममा आउन नसक्ने जनाएका छन् ।

१६ धनाढ्यसँगै सरकारले अन्य १८ जना विभिन्न देशका अर्थमन्त्री, ऊर्जामन्त्रीसहितका विशिष्ट व्यक्तिहरुलाई पत्र पठाएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

लगानी सम्मेलनकै सन्दर्भमा सरकारले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगसँग समेत छलफल गरिरहेको छ । अस्ति (शनिबार) मात्रै अर्थमन्त्री वर्षमान पुनले ४० भन्दा बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.