कोटिभिटी नेपालविरुद्ध १० अर्ब ३६ करोडभन्दा बढीको करछली मुद्दा

चैत्र १८, २०८० |कान्तिपुर टीभी संवाददाता
कोटिभिटी नेपालविरुद्ध १० अर्ब ३६ करोडभन्दा बढीको करछली मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटी नेपालविरुद्ध १० अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको कर छली सम्बन्धी मुद्दा दायर गरेको छ ।

विभागले कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख बिगो र त्यति नै जरिवानाको दाबी गर्दै मुद्दा दायर गरेको हो । कोटिभिटी नेपाल, वैदेशिक लगानीमा स्थापना भएको सूचना प्रविधि कम्पनी हो । कम्पनीले स्वामित्व परिवर्तनका बेला कर कानुन अनुसार कर राजस्व दाखिला नगरी राजस्व चुहावट गरेको विभागका निर्देशक नवराज अधिकारीले जानकारी दिए ।

पहिलो पटक एउटै व्यावसायिक कम्पनीलाई यति ठूलो मात्रामा सजाय मागदाबी गरी मुद्दा दायर गरिएको निर्देशक अधिकारीले बताए । अमेरिकाको कोटिभिटी इन्कअन्तर्गत कोटिभिटी नेपाल सञ्चालित छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.