भक्तपुर । भक्तपुरको इताछेस्थित न पुखुमा आजबाट घरेलु उत्पादन मेला सुरु भएको छ ।
स्थानीय उत्पादन प्रवर्धन गर्ने उद्देश्यले भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर पर्यटन विकास समितिले मेला आयोजना गरेको हो ।
मेलामा भक्तपुरमा उत्पादित हस्तकला, काष्ठकला, धातुकलाका साथै घरेलु उत्पादनका वस्तुहरु प्रदर्शनीमा राखिएका छन् ।
मेलामा स्थानीय नेवारी परिकार समेबजी, बारा, चतामरी, जुजु धौका साथै हातबाट कुटिएको चिउराको स्वाद लिन सकिने आयोजकको भनाइ छ । मेला भोलि (शनिबार) सम्म चल्नेछ ।