प्राधिकरणले खुलायो १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए

फाल्गुन १५, २०८० |कान्तिपुर टीभी संवाददाता
प्राधिकरणले खुलायो १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुलाएको छ ।

प्राधिकरणको २०८० माघ २४ गते बसेको सञ्चालक समितिको बैंकठले पीपीए खोल्न निर्णय गरेको थियो । बैठकले साना लगानीकर्ताहरूलाई प्रोत्साहन गर्न पीपीए सीमाको अधीनमा नरहने गरी ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका वा हुने आयोजनाहरूमध्ये १० मेगावाटसम्म जडित क्षमता भएका आरओआर तथा पीआरओआर जलविद्युत् आयोजनाहरूलाई लिउ वा तिर प्राबधानमा पीपीए गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै १० मेगावाटसम्मका जलविद्युत् आयोजना प्रबर्द्धकलाइ विद्युत् व्यापार विभागमा निवेदन दिन आग्रहसमेत गरेको छ ।

साना लगानीकर्तालाई प्रोत्साहन गर्न पीपीएको सीमाको अधिनमा नरहने गरी ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएका वा हुने आयोजनाहरूमध्ये १० मेगावाटसम्म जडित क्षमता भएका नदी प्रवाहमा आधारित र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूलाई ‘लेउ वा तिर’ प्रावधानमा विद्युत् खरिद बिक्री सम्झौता गरिने सूचनामा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.