चालु आवको ७ महिनामा ८ खर्ब ११ अर्बको व्यापार घाटा

फाल्गुन ९, २०८० |कान्तिपुर टीभी संवाददाता
चालु आवको ७ महिनामा ८ खर्ब ११ अर्बको व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनासम्म नेपालले आठ खर्ब ११ अर्बको व्यापार घाटा बेहोरेको छ । यस अवधिमा वैदेशिक व्यापार भएका १५७ देशमध्ये १२१ सँगको व्यापार घाटामा छ ।

चालु आवको यो अवधिसम्म कुल आठ खर्ब ९७ अर्बको ९४ करोडको वस्तु आयात हुँदा ८६ अर्ब ८३ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । गत वर्षको तुलनामा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशत घटेको हो ।

यो अवधिमा डिजेल ७७ अर्बको, पेट्रोल ३८ अर्ब, खाना पकाउने ग्यास ३० अर्ब, स्मार्ट फोन १७ अर्ब, सुन १२ अर्बको आयात भएको छ ।

त्यस्तै कोइला १२ अर्ब, फलाम ४४ अर्ब र औषधि र त्यसको कच्चापदार्थ १६ अर्बको आयात भएको छ ।

चालु आवको यो अवधिसम्म चार अर्बको अलैंची, ६ अर्बको गलैंचा, ३ अर्बको जुस, दुई अर्बको पाम र ६ अर्ब ९६ करोडको स्टिल आइरन निर्यात भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.