चीनबाट ल्याइएको मल १० महिनादेखि तातोपानी भन्सारकै गोदाममा

फाल्गुन ६, २०८० |कान्तिपुर टीभी संवाददाता
चीनबाट ल्याइएको मल १० महिनादेखि तातोपानी भन्सारकै गोदाममा

सिन्धुपाल्चोक । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा सात लाख ३५ हजार बोरा रासायनिक मल तातोपानी भन्सार कार्यालयको यार्डभित्र गोदाममा थन्किएको हो ।

ट्रान्स सिल्क ट्रमिन्लस प्रालि र अन्य व्यापारिक संस्थाहरुले संयुक्त रुपमा कृषि सामग्री कम्पनी लिमिटेडबाट गत जेठ महिनामा रासायनिक मल आयात गरेका हुन् । मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान समस्यामा परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.