काठमाडौं । महिनौँ भुक्तानी नपाउँदा देशभरका दुग्ध उत्पादक किसान निराश छन् । दूधको उचित मूल्य, पर्याप्त सरकारी अनुदान र बजारको समस्या सम्बन्धित निकायले कहिल्यै सुनिदिँदैन । सरकारी अनुदानको दायरा बढाएर दूधको उचित मूल्य निर्धारण गर्न निकै ढिला भइसकेको छ ।
दूध व्यवसायबाट किसान तल पर्दै गएको र दूध खरिद गर्ने व्यवसायी भने मोटाउँदै गएको किसानको गुनासो छ । दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गरिए भारतबाट ठूलो परिमाणमा दूध आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने किसानको दाबी छ ।
यो पनि...
सरकारी स्वामित्वको डीडीसी र निजी डेरीले किसानको करोडौँको भुक्तानी दिएनन्