खाडीमा कार्यरत नेपाली श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्न रोजगारदाता मुलुकसँग नेपालको प्रस्ताव

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
खाडीमा कार्यरत नेपाली श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्न रोजगारदाता मुलुकसँग नेपालको प्रस्ताव

काठमाडौं । नेपालले खाडी र मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्नुपर्ने प्रस्ताव रोजगारदाता मुलुकसमक्ष राखेको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी ‘आबुधाबी डायलग’ को मन्त्रीस्तरीय बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्‌सिंह भण्डारीले नेपाली श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ ।

नेपाली श्रमिकको प्रमुख गन्तव्य कतारबाहेक अन्य देशले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गरेका छैनन् । कतारले न्यूनतम तलब एक हजार रियाल मात्रै निर्धारण गरेको छ ।

यस्तै, नेपालले श्रमिकको गुनासो सुन्ने संयन्त्रको विकास गर्ने र श्रम बजारलाई दक्ष तथा उत्पादनमूलक बनाउनेलगायत विषय पनि उठाएको छ । आबुधाबी डायलगमा श्रमिक आपूर्ति र रोजगारदाता २१ देशका मन्त्री र उच्चपदस्थ अधिकारी भेला भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.