सुन प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर

मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
सुन प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने स्थिर छ ।

अघिल्लो दिन एक लाख १५ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज (सोमबार) २०० रुपैयाँले बढ्दै एक लाख १५ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन एक लाख १४ हजार ९५० रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले बढ्दै एक लाख १५ हजार १५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने एक हजार ४५० रुपैयाँ कायम छ । यो अघिल्लो दिनकै मूल्य हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.