सरकारले तोक्यो कफीको समर्थन मूल्य

मंसिर १, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारले तोक्यो कफीको समर्थन मूल्य

काठमाडौं । सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्ष ९५ रुपैयाँ तोकिएको काँचो कफी (फ्रेस चेरी) को मूल्य प्रतिकिलो एक सय रुपैयाँ पुर्याएको हो । यस्तै ड्राइचेरीको मूल्य प्रतिकिलो १७० रुपैयाँबाट २ सय रुपैयाँ पुर्याइएको छ ।

किसानले प्रशोधन गरेको पार्चमेन्ट कफीको मूल्य प्रतिकेजी पाँच सय रुपैयाँ तोकिएको छ । पार्चमेन्ट कफीमा प्रतिकेजी २५ रुपैयाँले मूल्य बढाइएको हो । १९औं राष्ट्रिय कफी दिवसका अवसरमा सरकारले कफीको समर्थन मूल्य तोक्ने गरेको छ ।

नेपालका लागि ४३ जिल्ला कफी उत्पादनका लागि उर्वर रहे पनि राष्ट्रिय उत्पादन ३९४ टन मात्र छ । नेपालमा ३२ करोडको कफी आयात हुँदा १३ करोडको मात्र निर्यात भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.