नेपालमा विदेशी लगानी भित्र्याउन सकिएन : नेपाल उद्योग परिसंघ

कार्तिक २४, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालमा विदेशी लगानी भित्र्याउन सकिएन : नेपाल उद्योग परिसंघ

काठमाडौं । आर्थिक रुपान्तरणका लागि पर्याप्त रुपमा विदेशी लगानी भित्र्याउन नसकिएको सरोकारवालाहरुले जनाएका छन् ।

नेपाल उद्योग परिसंघले आज गरेको बजेट वाच कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न पर्याप्त विदेशी पुँजी चाहिने बताएका हुन् । त्यसका लागि वार्षिक २० खर्ब २५ अर्ब रकम लगानी आवश्यक रहेको उनको भनाइ छ । यस आर्थिक वर्षको तीन महिनामा ३ अर्ब ३७ करोडमात्र बैदेशिक लगानी भित्रिएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल भने प्रक्रियागत जटिलता नै विदेशी लगानी नभित्रनुको प्रमुख कारण भएको बताउँछन् । अन्य देशमा वैदेशिक लगानीका लागि सरकारको स्वीकृति लिइरहन आवश्यक नभएको उनको भनाइ छ ।

सेयरबजारमा गैरआवासीय लगानीकर्ता भित्राउन धितोपत्र बोर्डले पहल गरेको भए पनि नीतिगत जटिलताका कारण अहिले सम्भव नभइरहेको उनको तर्क छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.