आहा ! मुखै रसाउने मिठाई

कार्तिक २४, २०८० |राजेन्द्र महर्जन
आहा ! मुखै रसाउने मिठाई

काठमाडौं । फूल र झिलिमिलीको पर्व तिहारमा मिठाईको महत्त्व पनि कम्ता हुँदैन । लक्ष्मीको पूजा होस् चाहे भाइटीकामा आफ्ना दाजुभाइलाई खुवाउनका लागि दिदीबहिनीले मिठाई ल्याउने गर्छन् ।

तिहारका विभिन्न परिकार घरमै बनाइए पनि मिठाईजन्य केही परिकार पसलबाटै किनेर ल्याइन्छ । मिठाईको पर्व पनि मानिने तिहारमा मिठाई बनाउनेहरुलाई भ्याइनभ्याइ छ । यो समयमा मिठाईको बिक्री पनि बढेको छ ।

मिठाई पसलहरुमा ग्राहकको भिड देख्न सकिन्छ । थरीथरीका मिठाई सजाएर पसलेहरुले बेच्नका लागि राखेका छन् । पाटनका व्यवसायीहरु पनि अहिले मिठाई बनाउने चटारोमा छन् ।

तस्बिरमा हेरौं पाटनमा बेच्न राखिएका विभिन्न थरीका मिठाई :


Image

राजेन्द्र महर्जन

महर्जन कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।