चाडपर्व सुरु भइसक्दा पनि बजारमा चहलपहल किन बढेन ? (भिडियो रिपोर्ट)

भाद्र २७, २०८० |भरत रावल
चाडपर्व सुरु भइसक्दा पनि बजारमा चहलपहल किन बढेन ? (भिडियो रिपोर्ट)

काठमाडौं । चाडपर्व सुरु हुनै लाग्दासमेत बजारमा चहलपहल नबढेपछि व्यापारीमा यस वर्ष पनि व्यापार हुँदैन कि भन्ने चिन्ता बढेको छ । तीजदेखि तिहार-छठसम्म मात्रै झण्डै ७० प्रतिशत व्यापार हुन्छ । तर तीज सुरु हुनै लाग्दा पनि बजारमा खासै रौनक छैन ।

तीज आउन अब केही दिनमात्रै बााकी छ । अघिल्ला वर्षहरुमा यतिबेला काठमाडौंका न्यूरोड, असन, इन्द्रचोकका गल्लीमा हिडिनसक्नु भीड हुन्थ्यो । व्यापारीलाई भ्याइनभ्याई हुने यी दिन यस वर्ष भने पट्यार लाग्दा छन् । व्यापार हुने नहुने अन्योलमा रहेका व्यापारीले कोभिडअघिको तुलनामा ६० प्रतिशतमात्रै सामान आयात गरे पनि अहिले त्यही सामान बिक्री हुन्छ, हुन्न यकिन नभएको होलसेल व्यापारी गिरिराज पोखरेलको भनाइ छ ।

कोभिडदेखि खुम्चिएको व्यापार यसपालि फस्टाउने व्यापारीको अपेक्षा थियो । त्यसैले तीन वर्षपछि सामान ल्याउन व्यापारी यस पटक चीन पुगे । तर व्यापार सहजीकरणका लागि न बैंकहरुले पनि सहयोग गरेनन् । चाडपर्वलाई लक्षित गरेर आयात गरिएका सामान चाडबाडपूर्व नै देशका विभिन्न जिल्लामा पुर्याउनुपर्छ । तर खुद्रा बजारमा सामानको माग नै छैन ।

मुख्य सिजनमै अपेक्षित व्यापार नहुादा व्यापारी निराश छन् । व्यापार नबढ्नुको अर्को कारण हो, महागी । उपभोक्तालाई महागीले च्यापेको छ । आफ्नो कमाइले दैनिकि चलाउनै मुस्किल परेको उपभोक्ताको गुनासो छ ।

राष्ट्र बैंकको नीति, बैंकको उच्च ब्याजदर र सहकारीमा आएको संकटको असर समग्र बजारमा पुगेको छ । निजी क्षेत्रको मनोबल बढाउने भने पनि सरकारले नीतिगत सुधार नगर्दा मुलुकमा आर्थिक संकट गहिरिन सक्ने देखिन्छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।