आयात रोकिँदा आलु-प्याज अभाव, मूल्य आकासियो

असार ११, २०८० |कान्तिपुर टीभी संवाददाता
आयात रोकिँदा आलु-प्याज अभाव, मूल्य आकासियो

जनकपुर । भारतबाट आलु-प्याज आयात गर्दा सरकारले भ्याट लगाएका कारण व्यापारीले आयात बन्द गर्दा जनकपुर क्षेत्रमा आलु-प्याज अभाव भएको छ ।

८५ प्रतिशत आलुप्याज भारतबाट आयात हुने जनकपुर क्षेत्रको बजारमा व्यापारीहरूले आयात रोक्दा चर्को अभाव भएको जनकपुरका शुभकरण झा बताउँछन् । गोदाम र पसलहरूमा आलु र प्याजको बिक्री बन्द गरिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि पेस गरेको वार्षिक बजेटमा कृषिजन्यवस्तुमा कायम रही आएका करका अतिरिक्त १३ प्रतिशत भ्याट थपेपपछि जनकपुरका व्यापारीहरू हिजोदेखि पसल बन्द गरेर आन्दोलित भएको जनकपुरका व्यवसायी अलाउद्दिन राइनको भनाइ छ ।

व्यापारीहरु आन्दोलित भएपछि भारतबाट तस्करी भएर आउने आलु-प्याजको मूल्य आकासिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement